दफा ६०८
ढुवानीकर्ताको दायित्व अन्त्य हुनेः
करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक ढुवानीकर्ताको दायित्व देहायका कुनै अवस्थामा अन्त्य भएको मानिनेछः–
(क) ढुवानीकर्ता वा निजको प्रतिनिधिले वस्तु ढुवानी गरी वस्तुको धनी वा निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाएमा,
(ख) ढुवानीकर्तालाई बुझाएको वस्तु ढुवानी हुनु अगाडि नै वस्तुको धनी वा निजको प्रतिनिधिले फिर्ता बुझिलिएमा,
(ग) दफा ५३१ को उपदफा (२) को खण्ड (ख) को परिस्थिति परी निर्धारित समयभित्र वस्तु ढुवानी हुन नसक्ने कारण देखाई ढुवानीकर्ता वा निजको प्रतिनिधिले वस्तुको धनी वा निजको प्रतिनिधिलाई वस्तु फिर्ता बुझाएमा ।